सडक विभागमा लगाइएको आगो अझै नियन्त्रण बाहिर « Khabarhub

सडक विभागमा लगाइएको आगो अझै नियन्त्रण बाहिर


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्य सरकारी कार्यालयसँगै जेनजी प्रदर्शनकारीले सडक विभागमा लगाएको आगो हालसम्म पनि नियन्त्रणमा आएको छैन ।

दमकल नपाएका कारण मंगलबारदेखि लागेको आगो नियन्त्रण गर्न नसकिएको विभागका उपमहानिर्देशक प्रभात कुमार झाले बताए । 

‘महानगरले दमकल पठाएको छैन आज बिहान बल्ल ललितपुर महानगरको दमकल आएको छ, माथिल्लो तल्लामा आगो निभाउन दमकलकर्मीहरू खटिरहेका छन् ।

आशा छ यसले पहिलो तला र भुईँ तल्लालाई बचाउनेछ’, उनले बताए ।  विभागमा के कति क्षति पुगेको छ भन्ने हाल अनुमान गर्न सकिने अवस्था नरहेको उनले बताए ।

‘क्षतिबारे अझै २/४ दिनसम्म आकलन गर्न सकिँदैन, अब यहाँबाट काम गर्न सक्ने अवस्था पनि छैन, बचेका सामान निकाल्दै छाैँ अब पुरानै कार्यालय ललितपुर चाकुपातबाट काम गर्ने योजना बनिरहेको छ ‘, उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : २८ बजे

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।