नेपालगन्ज– बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।
उनीहरूमध्ये एक जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसमर्पण गरेका छन् भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए ।
‘प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,’ उनले भने । दुई दिनअघि मात्रै कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए । कारागारमा ५८५ कैदीबन्दी थिए ।
जेलर भुसालले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताए । दुई दिनअघि नौवस्तास्थित बालसुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनामा अन्य सात जना घाइते भएका थिए ।
जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए । रासस
प्रतिक्रिया