नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ « Khabarhub

नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।

उनीहरूमध्ये एक जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसमर्पण गरेका छन् भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए । 

‘प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,’ उनले भने । दुई दिनअघि मात्रै कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए । कारागारमा ५८५ कैदीबन्दी थिए । 

जेलर भुसालले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताए । दुई दिनअघि नौवस्तास्थित बालसुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनामा अन्य सात जना घाइते भएका थिए । 

जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए । रासस

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ४८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको