सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ « Khabarhub

सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले जेन-जी आन्दोलनलाई पुनः संयमित र संगठित ढंगले अघि बढाउन अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेका युवाहरूले देखाएको साहस र संकल्प ऐतिहासिक भएको बताए। तर त्यसै क्रममा भएको दमनलाई अत्यन्तै गलत भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

नेम्बाङले भने, ‘सुन्दर सपना बोकेर सडकमा आएका साथीहरूले जीवन गुमाउनु दुर्भाग्यपूर्ण अवस्था हो। यो हदसम्मको विवेकहीनताको कारण खोजिनै पर्छ।’

उनले २४ भदौमा देखिएका तोडफोड, लुटपाट र आगजनीका घटनालाई भने ‘जेन–जी’ पुस्ताले गरेको नभई आन्दोलनलाई बदनाम गर्ने नियतले गरिएको बताएका छन्।

‘आन्दोलनकारीले निर्माण गरेको आचारसंहिताविपरीत भएको त्यो ताण्डवको उच्चस्तरीय न्यायिक छानबिन हुनेमा म विश्वस्त छु,’ उनले भने।

नेम्बाङले अहिले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोक सिग्देलसँग जेन–जी प्रतिनिधिहरूबीच संवाद भइरहेको भन्दै संवैधानिक बाटोबाटै माग सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले संविधानको मर्मलाई क्षति नपुग्ने गरी समाधान खोज्न सबैलाई आग्रह गरे।

सांसद नेम्बाङले जेन–जी पुस्तालाई नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्दै सुन्दर भविष्य निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘आन्दोलनमा मारिएका नौजवान साथीहरुप्रति सच्चा श्रद्धाञ्जली भनेको लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई जोगाएर नयाँ देश निर्माण गर्नु हो।’

उनले अघिल्लो पुस्तालाई जेन–जीको भावना बुझ्न आग्रह गर्दै आफ्नो पुस्तालाई आन्दोलनलाई नयाँ शिराबाट पुनः गठित गर्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : १० बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना