जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु « Khabarhub

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका सरकारी कार्यालयको सरसफाइ सुरु गरिएको छ । 

कार्यालयका कर्मचारीहरू आफैँले आफ्ना कार्यालयमा सरसफाइ सुरु गरेका हुन् । आन्दोलनकारीले कोशी प्रदेशसभा, उच्च अदालत मोरङ, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा आगजनी गरेका थिए । 

जलेर नष्ट भएका संरचना, फर्निचर र कागजात हटाउने कार्य कर्मचारीहरूले निरन्तर रूपमा गरिरहेका छन् । तर, कार्यालय पुनः सञ्चालनमा ल्याउन भने अझै लामो समय लाग्ने उनीहरूको भनाइ छ ।

केही हप्ताभित्र सामान्य प्रशासनिक काम सुरु गर्ने तयारी भए पनि पूर्ण सेवाग्राही सुविधा उपलब्ध गराउन भने समय लाग्ने मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

आगजनीका कारण धेरै फाइल र अभिलेख जलेर नष्ट भएकाले आवश्यक प्रमाण हराएको र आगामी दिनमा सेवाप्रवाहमा गम्भीर चुनौती आउने सम्भावना कर्मचारीहरू बताएका छन् । 

अहिले विराटनगर बजार बन्द रहेको छ भने विराटनगरमा रहेका विभिन्न कार्यालयहरूमा नेपाली सेना र सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरिरहेको छ । 

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ३ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र