इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल  « Khabarhub

इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफू इटहरी निर्माण गर्न आउने बताएका छन् । उनले सामाजिक सञ्जालमा लाइभ आएर परिस्थिति सान्त भएपछि आफू फेरी इटहरी निर्माण गर्ने आउने बताए । 

जेन-जीको प्रदर्शनका क्रममा इटहरी उपमहानगरपालिका कार्यालय, प्रहरी कार्यालय, मेयर पौडेलको घर लगायतको   संरचनामा आगजनी भएको थियो । त्यो विषयमा मेयर पौडेलले आफू अहिले एउटा कोठामा भएको र घर २०८० सालमै बनाएको बताएका छन् । जेन जीका नाममा अराजक तत्व र स्वर्थ समूहले आफ्नो घरमा आगो लगाएको मेयरको आरोप छ । 

परिवर्तनको बाधक आफू नभएको भन्दै सबैले शान्तिपूर्ण रूपमा लाग्न जेनजी युवाहरूलाई पौडेलको आग्रह छ । आफ्नो घर जेलेकोमा खुद नभएको तर देश जलेकोमा आफूलाई दुख लागेको पौडेलले बताएका छन् । 

जनप्रतिनिधिलाई समेत तुरुन्त बसेर जस्तो परिस्थिरमा भए पनि जनतालाई सेवा दिनुपर्नेमा मेयरले आग्रह गरेका छन् । वडा र टोल सुरक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएकाले त्यसमा सबैले लाग्न मेयरको आग्रह छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ३२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको