सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना « Khabarhub

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।

यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार जना कैदीबन्दी तथा डोटी सिलगढीस्थित बालसुधार गृहबाट भागेका तीन जना बालबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धादिङको गजुरी कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा छ ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिइएको र त्यसक्रममा एक जना कैदी घाइते भएको पनि सेनाले जानकारी दिएको छ ।

सेनाले काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको आठ वटा सकेट बम सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ । ललितपुरको भैँसेपाटीका स्थानीयले तोडफोडमा परेको त्यहाँको प्रहरी चौकी सरसफाई गरी प्रहरीलाई बस्नका लागि आमन्त्रण गरेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ९ : ०३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको