आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ « Khabarhub

आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला प्रहरीहरूलाई अझै उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन्।

बिहीबार साँझ सार्वजनिक भिडियो सन्देशमार्फत खापुङले प्रहरी सेवामा व्यावसायिक धर्म र निष्ठा नै आधारभूत मूल्य भएकाले त्यसमा कुनै कमजोरी आउन नदिन निर्देश दिए। उनले भने, “वर्तमान चुनौतीपूर्ण अवस्थालाई दायित्व र शालीनतापूर्वक सामना गर्न आवश्यक छ।”

सो क्रममा उनले गत सोमबार र मंगलबार भएका जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत प्रकट गरे।

जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध तथा सुशासनको मागसहित व्यापक प्रदर्शन गरेका थिए। ती प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गरे भने मुलुकले ठूलो जनधनको क्षति पनि भोग्नु परेको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ९ : ४६ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित