तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू « Khabarhub

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा (६) को उपदफा (३) (क) बमोजिम निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् ।

जसअनुसार आज साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म लागु हुने गरी दफा (६क) बमोजिम कर्फ्यूको आदेश जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

हाल देशभर विकसित घटनाक्रम एवं सम्बन्धित पक्षहरुसँग वार्ताको पहल भइरहेको जनाउँदै पछिल्लो समय जनजीवन क्रमशः सामान्यीकरण हुँदै गएको अवस्थामा समाजमा अराजक तत्वहरुको घुसपैठ भई प्रदर्शन, जुलुस, दङ्गा तथा झडप भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई उक्त आदेश जारी गरिएको प्रजिअ अधिकारीले उल्लेख गरेका छन् ।

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधनहरु, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु, हवाई टिकटका आधारमा हवाइ यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १० : ०३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका