जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान | Khabarhub Khabarhub

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन् । दोलखाका दुई युवा तथा एक युवतीले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका हुन् । 

ज्यान गुमाउनेहरूमा वैतेश्वर गाउँपालिका-८ कि २६ वर्षीय स्वस्थानी खड्का, शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौलागाईं र विगु गाउँपालिका ३ का महेश बुढाथोकी रहेका छन् ।

वैतेश्वर-८ कि खड्काको पोखरा स्थित हिमालय अर्गनाइजेसनमा आन्दोलनकारीले गरेको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । उनी सोही कम्पनीमा काम गर्दै आएकी थिइन । 

उनको शवलाई बिहीबार काठमाडौं ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको वैतेश्वर-८ वडा अध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिए । वडा अध्यक्ष जिरेलका अनुसार आन्दोलनकारीले उक्त कम्पनीमा ढुङ्गामुढा गर्दै आगजनी गरेपछि स्वस्थानी घरमा फसेकी थिइन् । उनको त्यहीँ मृत अवस्थामा शव फेला परेको थियो ।

यता शैलुङका अभिषेक भने, जेनजी आन्दोलनका क्रममा काठमाडौंमा गोली लागेर मृत्यु भएको थियो । 

बुधबार बिहान घरबाट निस्किएका अभिषेक बेपत्ता भएपछि खोजी गर्ने क्रममा गए राती उनको शव त्रिभुवन शिक्षण अस्पताल महाराजञ्जमा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको टाउकोमा गोली लागेर क्षतविक्षत भएको पाइएको छ । महाराजगञ्जमा भएको आन्दोलनका क्रममा उनी गोली लागेर ढलेपछि शवलाई शिक्षण अस्पतालमा लगेर राखिएको थियो । उनी भक्तपुरको दुवाकोट बस्दै आएका थिए । 

त्यसैगरी विगु गाउँपालिका-३ स्थायी घर भएका महेश बुढाथोकीको पनि सोही आन्दोलनमा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

जेन्जीहरुले सोमबारदेखि  काठमाडौंसहित देशभर गरेको सामाजिक सञ्जाल बन्द भ्रष्टाचार विरुद्धको आन्दोलनमा परेर दोलखा अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा विनय काफ्ले, कुमार लामा, अनिल तामाङ र रुपेश कार्की रहेको पाइएको छ । 

घाइते मध्ये तामाकोशीका विनय काफ्लेलाई भने गोलि लागेर गम्भीर चोट लागेको बुझिएको छ । उनको काठमाडौंमा उपचार भइरहेको छ । 

जेनजी आन्दोलनमा दोलखाका तिन सहित देशभरका अस्पतालमा  ३६ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : ११ बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि