जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता « Khabarhub

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित प्रदर्शन गरेका छन् ।

नेता जगदीश्वर नरसिंह केसी नेतृत्वको समूहले सामाखुसीमा चोकमा उत्रिएर लोकतन्त्र रक्षाका प्रदर्शन गरेका हुन् ।

उनीहरूले त्यसक्रममा ‘हाम्रो आवाज : संवैधानिक सर्वोच्चताको कायम गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘जेन-जीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पूरा गरौँ’, ‘सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं’, सहितका नारा पनि लगाए ।

उनीहरूको जुलुस सामाखुसीबाट गोंगबु चोक हुँदै गणेस्थान परिक्रमा गरेर सामाखुसीमै आइपगेको थियो । त्यहाँ संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसीले सम्बोधन गरे ।

नेता केसीले जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको चीरशान्तिको कामना गर्दै जेन-जीको नाममा कार्यपालिका, न्यायपालिका, संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार र अदालत अराजक समूहले जलाएको भन्दै भर्त्सना गरेका छन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको पनि उनीहरूले निन्दा गरे । पार्टीलाई अफट्यरो पर्दा नेता-कार्यकर्ता चुप लागेर बस्न नहुने उनले बताए ।

लोकतन्त्र का निम्ति फेरि पनि २०६२/६३ जस्तै आन्दोलन गर्न तयार रहेको उनले बताए । उनले देउवाको स्वास्थय लाभको कामना पनि गरे ।
यस आन्दोलनका क्रममा तरुण दलका केन्द्रीय सदस्य निरन्जन थापा, नेविसंघ केन्द्रीय सदस्य विजय ढुङ्गाना लगायत सहभागी थिए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य सुशील भट्ट, सानुकाजी प्रजापति, कृष्ण कुइँकेल, जयराम दाहालसहितका नेता-कार्यकर्ताहरू सहभागी थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : ४१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग