राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल « Khabarhub

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल



काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार गर्ने भनिएको निर्णयक वार्ता सुरू हुन सकेको छैन।

राष्ट्रपति पौडेल र अन्तरिम सरकारका लागि प्रस्तावित प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा हुने भनिएको वार्ता अहिलेसम्म सुरू हुन नसक्दा अन्तरिम सरकार अनिश्चित भएको छ।

गत राति भएको छलफलमा बिहान ९ बजेदेखि निर्णायक वार्ता गरेर शुक्रबार नै अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ सुशीला कार्कीले लिने भनिएको थियो।
तर संवैधानिक र कानुनी जटिलताको गाँठो फुकाउन खोज्दा अहिलेसम्म वार्ता हुन नसकेको हो ।

‘हामीले अहिलेसम्म वार्ता हुन नसकेको खबर पाएका छौँ । हामी उहाँसँग निरन्तर छलफल र संवादमा छौँ’, जेनजीका अगुवा आशिक तामाङले भने, ‘आजको वार्ता निर्णायक भनेर भनिएको थियो । तर अहिलेसम्म हुन सकेको छैन।’

उनले संसद् विघटन गरेरै अगाडि बढ्नुपर्छ भन्ने माग आफूहरूको रहेको बताएका छन् । संसद् विघटन गरेपछि मात्रै अन्तरिम सरकार बन्नुपर्छ भन्ने आफूहरूको मतलाई राष्ट्रपति पौडलले स्वीकार्न नसकेको उनले बताए ।

तामाङका अनुसार अहिले पनि राष्ट्रपति कानुनी परामर्शमा छन् । यता कार्कीले पनि विभिन्न व्यक्तिहरूसँग छलफल गरेर निचोड निकाल्ने तयारीमा छन्।

कहाँ मिलेन कुरा ?

अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने विषयमा लगभग अन्तिम सहमति भइसकेको छ। तर राजनीतिक दलहरूसँगको परामर्शपछि राष्ट्रपति पौडेलले संसद् विघटन गरेर अन्तरिम सरकार बनाउने बाटोमा जान नहुने अडान लिइरहेका छन्।

यता प्रधान सेनापति अशोकराज सिग्देल र अन्तरिम सरकारको प्रस्तावित नेतृत्व कार्कीले संसद् विघटन गरेर अन्तरिम सरकारको बाटोमा जानुपर्ने अडान राखेको बताइएको छ।

कार्कीले अहिले अन्तरिम सरकारको नेतृत्व गरेर ६ महिनापछि निर्वाचन गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् । उता राष्ट्रपति पौडेलले निर्वाचन गर्ने कुरामा आफू सहमत रहेको तर संसदै विघटन गरेर जानुपर्ने बाटोमा आफू नभएको बताइरहेका छन् ।

यसै विषयमा सहमति नजुटेर प्रधान सेनापति सिग्देल, राष्ट्रपति पौडेल र अन्तरिम सरकारको प्रस्तावित प्रधानमन्त्री कार्कीले आ-आफ्नो तर्फबाट छलफल गरिरहेका छन् । तर, राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीबीच वार्ता हुन सकेको छैन।

मिले आज हुनसक्छ शपथ

संसद् विघटन गरेर जाने या नगर्ने विषयमा कुरो मिले शुक्रबार नै कार्कीले शपथ लिने छिन् । यसका लागि नेपाली सेनाले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

पूर्वप्रधान न्यायाधीश कार्कीका एक सहयोगीले खबरहबलाई दिएको जानकारी अनुसार सकेसम्म संवैधानिक बाटोबाटै अन्तरिम सरकारको नेतृत्व गर्ने योजना छ। संसद् विघटनको बाटोबाटै नेतृत्व गर्ने योजना कार्कीले बनाएकी छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : ०५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी