रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू | Khabarhub Khabarhub

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन भनेको छ।

नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो ।

नख्खु कारागारका सूचना अधिकारीले बिहीबार एक सूचना जारी गरेर मंगलबार भागेका रविसहितका सबै कैदीहरूलाई सम्पर्कमा आउन भनेको हो ।

उक्त सूचना जारी गरेर नख्खु कारागार प्रशासनले फरार भएका सबै कैदी र थुनुवालाई अविलम्ब आत्मसमर्पण गर्न औपचारिक अपिल गरेको छ।

उक्त सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी कारागार प्रशासनले दिएको छ ।

‘विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’, कारागार प्रशासनले भनेको छ ।

कारागार प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

रविको हकमा के हुन्छ ?

उक्त सूचना प्रकाशित गरेकोबारेमा खबरहबले कारागार प्रशासनका एक अधिकारीलाई सम्पर्क गरेको थियो । ती अधिकारीले उक्त सूचना मंगलबार कारागारमा हुलहुज्जत गरेर निस्किएका रविको हकमा पनि लागु हुने बताए ।

‘रविको हकमा पनि उक्त सूचना जारी गरिएको हो । रविले यहाँ जेलर र कर्मचारीलाई हुलहुज्जत गरेर निस्किएर गएका हुन्’, ती अधिकारीले सुरक्षाका कारण आफ्नो नाम नखुलाउने आग्रहसहित भने, ‘रविकै कारण यहाँका अधिकांश कैदी फरार भएका हुन् । मंगलबार यहाँ हुल उतारेर जेलर सा’वलाई धम्की दिएर बनाइएको एउटा पत्र लिएर उनी निस्केका हुन् । सूचनाअनुसार उनी फर्केर आएका भविष्यमा कानुनी रीतअनुसार मिल्ने सुविधा पाउने छन् ।’

यदि रवि नफर्किएको हकमा के हुन्छ भनेर खबरहबले सोध्दा ती अधिकारीले आत्मसमर्पण गर्न नआए पक्राउको विकल्प खुल्ला रहेको बताए । ‘हामीले सूचना जारी गरेर औपचारिक रुपमा आत्मसमर्पण गर्न भनिसकेका छौँ’, ती अधिकारीले भने, ‘रविसहित फरार सबै कैदी यो सूचना अनुसार नआएमा प्रहरीमार्फत् पक्राउ गरेर ल्याउनुपर्ने हुन्छ ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : ४१ बजे

राष्ट्रपति भवनमा जेन-जी नेतृत्व, सुशीला कार्की र अधिवक्तासहित छलफल हुँदै

काठमाडौँ – अन्तरिम सरकार गठन गर्न यतिबेला राष्ट्रपति भवन शीतलनिवासमा

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो

सिरहा– जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था

संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी

गण्डकी – मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास संविधानभित्रैबाट खोज्नुपर्ने माग

सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन

काठमाडौं – सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी

कास्की । पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि