संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति « Khabarhub

संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शलाई तीव्र बनाएका हुन् ।

सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग शीतल निवासमै छलफल गरेका छन् । सिग्देल राष्ट्रपतिसँग परामर्शपछि शीतल निवासबाट जंगी अड्डा फर्किएका छन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसद विघटनबारे सहमति जुट्न बाँकी छ ।

राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी जेन-जीका प्रतिनिधि भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने अन्योल छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर पठाएपछि राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ।

२०७७ र ०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही संवैधानिक प्रक्रियाअनुसार प्रतिनिधिसभा भंग गरेकी थिइन् । तर दुवै पटकको प्रयासलाई सर्वोच्चले मान्यता दिएन ।

राष्ट्रपति पौडेलले संविधानमा थोरै क्षति हुने बाटो खोजिरहेका छन् । उनी नयाँ प्रक्रिया पनि संविधानसम्मत हुनुपर्ने पक्षमा छन् । उता सुशीला भने प्रतिनिधिसभा विघटन गराएर मात्रै शपथ लिने पक्षमा देखिएकी छन् ।

राष्ट्रपतिले पहिले नै प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई शपथ खुवाउने कि उनले गृह मन्त्रालयको नयाँ भवनमा बसेर सिफारिस गरेपछि बल्ल विघटन गर्ने भन्नेमा गलफत्ती चलेको बताइएको छ । 

गत मंगलबारको विध्वंशपछि बाहिरिएका राष्ट्रपति पौडेल शीतल निवासमा फर्किएसँगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ५६ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्