जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान « Khabarhub

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो ।

प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ गरे पनि गाउँलेको दबाबमा छाडेको र अनुसन्धान भइरहेको जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाले आगजनी प्रयास गरेका थिए ।

प्रहरीले बुधबार रुख कटानमा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो । गाउँले सयाँैको सङ्ख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो । घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख अजयकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ०७ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका