भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’ « Khabarhub

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जस्तापाताको छानो पाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसकेको एक सय आठ परिवारले जस्तापाताको छानो पाएका हुन् ।

जस्तापाताको छानो वितरणसँगै वडा फुसको छानोमुक्त भएको छ । आगलागी जस्ता घटनाबाट बचाउँदै वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरूपता ल्याउने लक्ष्यले गरिब तथा विपन्न परिवारलाई जस्तापाताको छानो दिइएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

विभिन्न आर्थिक वर्षमा वडाले बजेट विनियोजन गरेर ४३ परिवार र सघन शहरी कार्यालयबाट ६५ परिवार गरी एक सय आठ परिवारलाई जस्ताको छानो वितरण गरिएको उनको भनाइ छ । ‘हाम्रो वडा फुसको छानोमुक्त बनेको छ,’ वडाध्यक्ष नेपालले भन्नुभयो, ‘यहाँका गरिब तथा विपन्न एक सय आठ परिवारको छानो फेरेका छौँ । जस्ताको छानो फेरेसँगै स्थानीयलाई सहजता भएको छ ।’

गरिवीका कारण वर्षौँबाट खरको चुहिने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी चिनामाया भारतीले बताइन् ।

चुहिने घरमा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी कृष्ण गिरीले बताए । घरमा जस्तापाताको छानो लगाएकोले बर्सेनी छानो फेर्नुपर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ७ : ३८ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही