एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई « Khabarhub

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।

 सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषी माथि कडा कारबाही गर्न माग गरेका छन् ।

भट्टराईले नेपाल एक पटक फेरी सङ्क्रमणकालमा प्रवेश गरेको बताउँदै संसद् विघटन सङ्क्रमण निधानको सही बाटो नभएको उल्लेख गरे । उनले सङ्क्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने माग गरेका छन् ।

 ‘जेन-जीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पुरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भन्नुभएको छ ‘तर त्यता जान खोजिएन । संसद्लाई विघटन गरिएको छ । यो सही निकास होइन ।’

संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उनको भनाइ छ । यदि त्यो अवस्था आयो भने नयाँ संविधान बनाउन सहज नहुने भट्टराईको तर्क छ ।

‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरूका हरेक कदम संवैधानिक होऊन । हामी समर्थन गर्छौं ।’

 १२ मिनेट २० सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भ्रष्टाचार, कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताएका छन् । एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धि हासिल गरेको स्मरण गराउँदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपर्थ्यो त्यति गर्न नसकिएको बताए।

संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृत्ति राम्रो नभएको उनले बताए । यसरी पार्टी छोडेर हिँडेकाहरुलाई एमाले जस्तो विशाल पार्टीमा फर्कन उनले अपिल गरेका छन् । समाज र हरेक व्यक्तिको रूपान्तरण आजको आवश्यकता भएको भिडियो सन्देशमा उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ०० बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय