एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई | Khabarhub Khabarhub

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।

 सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषी माथि कडा कारबाही गर्न माग गरेका छन् ।

भट्टराईले नेपाल एक पटक फेरी सङ्क्रमणकालमा प्रवेश गरेको बताउँदै संसद् विघटन सङ्क्रमण निधानको सही बाटो नभएको उल्लेख गरे । उनले सङ्क्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने माग गरेका छन् ।

 ‘जेन-जीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पुरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भन्नुभएको छ ‘तर त्यता जान खोजिएन । संसद्लाई विघटन गरिएको छ । यो सही निकास होइन ।’

संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उनको भनाइ छ । यदि त्यो अवस्था आयो भने नयाँ संविधान बनाउन सहज नहुने भट्टराईको तर्क छ ।

‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरूका हरेक कदम संवैधानिक होऊन । हामी समर्थन गर्छौं ।’

 १२ मिनेट २० सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भ्रष्टाचार, कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताएका छन् । एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धि हासिल गरेको स्मरण गराउँदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपर्थ्यो त्यति गर्न नसकिएको बताए।

संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृत्ति राम्रो नभएको उनले बताए । यसरी पार्टी छोडेर हिँडेकाहरुलाई एमाले जस्तो विशाल पार्टीमा फर्कन उनले अपिल गरेका छन् । समाज र हरेक व्यक्तिको रूपान्तरण आजको आवश्यकता भएको भिडियो सन्देशमा उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ०० बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने