काभ्रेमा जनजीवन सामान्य बन्दै « Khabarhub

काभ्रेमा जनजीवन सामान्य बन्दै


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा जनजीवन शनिबारदेखि पुनः सामान्य बन्दै गएको छ । 

शुक्रबार केही गाडी सीमित रूपमा चले पनि शनिबार बिहानैदेखि निजी तथा सार्वजनिक यातायात बाक्लो सङ्ख्यामा सञ्चालनमा आएका छन् ।

सुरक्षाको कारण सेनाले कफ्र्युसमेत लगाएको थियो। शनिबार बिहान कफ्‌र्यु हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। पसलहरू क्रमशः खुल्न थालेका छन् भने प्रदर्शनका क्रममा क्षति पुगेका कार्यालयहरू सरसफाइको काम सुरु गरिएको छ ।

सुरक्षाको लागि तैनाथ गरिएको नेपाली सेना शनिबार बिहानदेखि सडकबाट फिर्ता भइसकेको छ । अहिले नेपाल प्रहरीले सुरक्षा दिइरहेको छन् ।

आन्दोलनका क्रममा बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रमा सरकारी निकायदेखि स्थानीय जनप्रतिनिधिहरूको निजी आवाससम्ममा तोडफोड, आगजनी र लुटपाट भएको थियो । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ४२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्