लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू | Khabarhub Khabarhub

लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमपछि लुटपाट र चोरीका घटना बढ्न थालेपछि नेकपा (एमाले) का नेता महेश बस्नेतले संगठित प्रतिरोधको आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आ–आफ्नो ठाउँबाट संगठित रूपले लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गर्न आह्वान गरेका हुन् ।

नेता बस्नेतले प्रतिरोधका क्रममा पक्राउ पर्ने लुटेरा, अपराधी, चोर र ठगहरूलाई प्रहरीको जिम्मा लगाउन पनि आग्रह गरेका छन् । उनले कुनै अप्ठ्यारो परे सम्पर्क गर्नभन्दै आफ्नो मोबाइल नम्बर नै फेसबुकमा साझा गरेका छन् ।

‘जो–जो जहाँ–जहाँ छौँ सबैले संगठित रुपमा लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गरौँ । समातेर पुलिसलाई बुझाउनु होला,’ बस्नेतले लेखेका छन्, ‘कोही आत्तिनुपर्ने आवश्यकता छैन । कहीँ कतै अप्ठ्यारो पर्‍यो भने डाइरेक्ट मलाई कन्ट्याक्ट गर्नुहोला । ९८५११४७९८७ ।’

नेता बस्नेतले जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्नहरू माथि कारबाहीका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूलाई दबाब दिन पनि सुझाव दिएका छन् ।

‘परिस्थितिमा के के न भयो भनेर पार्टी छोड्ने, फोन अफ गर्ने जनताको रक्षा नगर्ने सार्वजनिक सम्पत्ति र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न नलाग्ने एमाले–कांग्रेस नेताहरूलाई नेता मानिँदैन भनेर दबाब दिनुस् है,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : २१ बजे

संसद् विघटनप्रति एमाले असहमत

काठमाडौं– नेकपा (एमाले) ले पनि आन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने – हाम्रो योगदान खेर नजाओस्

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती

पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

गण्डकी– ‘जेन-जी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट