लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू « Khabarhub

लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमपछि लुटपाट र चोरीका घटना बढ्न थालेपछि नेकपा (एमाले) का नेता महेश बस्नेतले संगठित प्रतिरोधको आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आ–आफ्नो ठाउँबाट संगठित रूपले लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गर्न आह्वान गरेका हुन् ।

नेता बस्नेतले प्रतिरोधका क्रममा पक्राउ पर्ने लुटेरा, अपराधी, चोर र ठगहरूलाई प्रहरीको जिम्मा लगाउन पनि आग्रह गरेका छन् । उनले कुनै अप्ठ्यारो परे सम्पर्क गर्नभन्दै आफ्नो मोबाइल नम्बर नै फेसबुकमा साझा गरेका छन् ।

‘जो–जो जहाँ–जहाँ छौँ सबैले संगठित रुपमा लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गरौँ । समातेर पुलिसलाई बुझाउनु होला,’ बस्नेतले लेखेका छन्, ‘कोही आत्तिनुपर्ने आवश्यकता छैन । कहीँ कतै अप्ठ्यारो पर्‍यो भने डाइरेक्ट मलाई कन्ट्याक्ट गर्नुहोला । ९८५११४७९८७ ।’

नेता बस्नेतले जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्नहरू माथि कारबाहीका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूलाई दबाब दिन पनि सुझाव दिएका छन् ।

‘परिस्थितिमा के के न भयो भनेर पार्टी छोड्ने, फोन अफ गर्ने जनताको रक्षा नगर्ने सार्वजनिक सम्पत्ति र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न नलाग्ने एमाले–कांग्रेस नेताहरूलाई नेता मानिँदैन भनेर दबाब दिनुस् है,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : २१ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी