खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु « Khabarhub

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । 

आज बिहान जितिया पर्वको (नहायखाय)पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया करिश्मा साहको डुबेर मृत्यु भएको हो । 

खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 

नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट, बसपार्कका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा गएको टोलीले खोजी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ३ : ४७ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई