प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ « Khabarhub

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिलाई संविधानविपरितको प्रावधान भनेको छ ।

महासंघले संविधानविपरित नियुक्त प्रधानमन्त्रीले संसद् विघटनका लागि गरेको सिफारिस सदर गरिनुलाई जनमतको अपमान भएको ठहर गरेको छ ।  

‘हिजो राष्ट्रपतिबाट संविधानको प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो,’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट जनमतको अपमान भएको छ । यो अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’

संविधानविपरितको कदमले लोकतान्त्रिक प्रणाली, संवैधानिक सर्वोच्चता, नागरिक अधिकार, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिताजस्ता उपलब्धिमा आघात पुग्ने महासंघको भनाइ छ ।

महासंघले भनेको छ, ‘महासंघ वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गर्दछ ।’

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ५ : १९ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्