मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो) « Khabarhub

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाली समकक्षी कार्कीलाई बधाई दिएका हुन् ।

‘म आज नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार सम्हालेकोमा १ सय ४० करोड भारतवासीका तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन्छु ।’ उनले भनेका छन्, ‘मलाई विश्वास छ, उहाँले नेपालमा शान्ति स्थीरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ ।’

उनले नेपालमा पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीको आगमन महिला सशक्तीकरणका लागि पनि उत्तम उदाहरण रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले यस्तो अस्थीर अवस्थामा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राख्ने सबैको सह्राना पनि गरेका छन् ।

सम्बोधनमा उनले हिमालको काखमा अवस्थित नेपाल भारतको मित्र र निकट साथी रहेको भन्दै दुई देशबीच साझा इतिहास रहेको पनि उल्लेख गरे ।

पछिल्ला घटनाक्रमपछि नेपाली युवायुवतीहरु सडकमा आएर सरसफाइ र रंगरोगन गरेको भन्दै प्रसंशा गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ३८ बजे

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक