‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए « Khabarhub

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घर फर्केका छन् । भिडियो सार्वजनिक गर्दै जेल फर्किने बताएका लामिछाने सुरक्षाको कारण देखाउँदै घर फर्केका हुन् ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार नख्खु कारागारले सुरक्षा व्यवस्था देखाउँदै रविलाई राख्न नमानेको हो ।

अहिले सुरक्षा दिने अवस्था छैन, यहाँलाई जहिले बोलाइन्छ उहिले हाजिर रहनुहोला, अहिले घरमै सुरक्षित हुनुहुन्छ भन्दै कारागारले लामिछानेलाई पठाइदिएको पराजुलीले खबरबलाई जानकारी दिए । ‘अस्ति निस्किँदा पनि त्यसै भनेर उहाँ निस्किनुभएको हो । सुरक्षा व्यवस्था कडा भएपछि बोलाउँछु हामी आफै बोलाउँछु भनिएको छ रे।’ उनले भने ।

यसअघि जेनजी प्रदर्शनका क्रममा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । यसबीचमा कारागार प्रशासनले लामिछानेलाई रिहा गर्न भन्दै जारी गरेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । यद्यपि कारागारले प्रदर्शनका दिन फरार रहेका लामिछानेसहितका कैदीलाई फेरि बोलाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ७ : ४० बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय