‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए « Khabarhub

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घर फर्केका छन् । भिडियो सार्वजनिक गर्दै जेल फर्किने बताएका लामिछाने सुरक्षाको कारण देखाउँदै घर फर्केका हुन् ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार नख्खु कारागारले सुरक्षा व्यवस्था देखाउँदै रविलाई राख्न नमानेको हो ।

अहिले सुरक्षा दिने अवस्था छैन, यहाँलाई जहिले बोलाइन्छ उहिले हाजिर रहनुहोला, अहिले घरमै सुरक्षित हुनुहुन्छ भन्दै कारागारले लामिछानेलाई पठाइदिएको पराजुलीले खबरबलाई जानकारी दिए । ‘अस्ति निस्किँदा पनि त्यसै भनेर उहाँ निस्किनुभएको हो । सुरक्षा व्यवस्था कडा भएपछि बोलाउँछु हामी आफै बोलाउँछु भनिएको छ रे।’ उनले भने ।

यसअघि जेनजी प्रदर्शनका क्रममा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । यसबीचमा कारागार प्रशासनले लामिछानेलाई रिहा गर्न भन्दै जारी गरेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । यद्यपि कारागारले प्रदर्शनका दिन फरार रहेका लामिछानेसहितका कैदीलाई फेरि बोलाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ७ : ४० बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार