मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ « Khabarhub

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयको सरसफाइ गरिएको छ । महासङ्घको नेतृत्वमा कार्यालय पुगेका दुई दर्जन बढी पत्रकारले आज बिहान कार्यालय परिसरभित्र र बाहिर सरसफाइ गरेका हुन् ।

गत मङ्गलबार ‘जेनजी’ प्रदर्शनका क्रममा देशैभर सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका थिए । जिल्ला प्रशासन कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगो लगाइएको थियो । आगोबाट कार्यालयका सम्पूर्ण भौतिक संरचना र कागजात जलेर नष्ट भएका छन् ।

कार्यालय कोठा र परिसरभरि जलेका सामग्रीका राख थुप्रिएका थिए । आज पत्रकारले राख र अन्य फोहरको उचित स्थानमा व्यवस्थापन गर्दै कार्यालयलाई सफा गरेका हुन् ।

जिल्लास्थित नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुशीला पाठकले शान्तिसुरक्षा कायम गर्ने÷गराउने जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील संस्थाबाट सहज रूपमा सेवा प्रवाहमा सहयोग पु-याउने उद्देश्यले का लागि पत्रकारहरूले कार्यालय परिसरको सरसफाइ गरेको बताए।

नेपाल पत्रकार महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयको सरसफाइ गरिएको बताए । उनले कार्यालय परिसरमा केही दिनदेखि जलेका सामग्रीका फोहर, राख र फ्टेका सिसाजन्य वस्तु थुप्रिँदा सेवा प्रवाहमा अवरोध उत्पन्न हुनुका साथै वातावरणमा पनि असर पर्ने हुनाले बिहानदेखि सरसफाइ थालिएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ८ : ५५ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको