आजका समाचार : तीन मन्त्रीले लिए शपथ, निर्वाचनमा भाग लिने कांग्रेस-एमालेको संकेत र ट्रम्प भन्छन्- टिकटको भविष्य चीनमा निर्भर | Khabarhub Khabarhub

आजका समाचार : तीन मन्त्रीले लिए शपथ, निर्वाचनमा भाग लिने कांग्रेस-एमालेको संकेत र ट्रम्प भन्छन्- टिकटको भविष्य चीनमा निर्भर


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

स्कुलमा दुई पटक फड्को मारेका रामेश्वर खनाल : अर्थतन्त्र सम्हाल्दै पुन:निर्माणलाई गति दिनुपर्ने चुनौती

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान (तस्बिरहरू)

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ (तस्बिरहरू)

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ ९४०को उपयोग गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।

जेन–जी आन्दोलनकारीकै मागअनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले शुक्रबार ९फागुन २७० शपथ ग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरिन् ।

राष्ट्रपति पौडेलबाट शुक्रबार राति ११ बजेबाट लागू हुने गरी संसद् विघटन गर्दै नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गतेको मिति घोषणा भएको छ ।

शीतलनिवासले संविधानविपरित अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्यो ।

सातवटै प्रदेशका पार्टी सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरूलाई आमन्त्रित रूपमा सहभागी गराइएको उक्त ‘भर्चुअल’को अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरे ।

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

फिनिक्स चराको कथा सुनाउँदै प्रदीप ज्ञवालीले भने- एमालेलाई खरानीबाट पुनर्जीवन पाउने जनताको बरदान छ

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख 

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित नेकपा ९एमाले० पार्टी कार्यालयमा देशकै ठूलो झण्डा फहराइएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सयजना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५-४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो पार्टी सबैभन्दा ठूलो झण्डा हो।

झण्डा बिहान ११ बजे च्यासल पार्टी कार्यालय भवनको पूर्वतर्फ राखिएको थियो । जसलाई वरिपरि सबैले देख्न सक्ने गरी सजाइएको थियो। त्यस्तै, आगजनीका कारण क्षतिग्रस्त भएको भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ।

झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाइ गरेको थियो। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू करिब तीन घण्टा लगाएर सफा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे

मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

‘जेन-जी’ युवाहरूको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालयको कामकाज नियमित रुपमा सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजदेखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।

उनले भने, ‘यही भदौ २३ गतेको ‘जेन(जी’ युवाको प्रदर्शनका कारण २७ सम्म मन्त्रालय र मातहतका निकायको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा काम सञ्चालनमा आएको छ ।’

सो प्रदर्शनका क्रममा मन्त्रालय र मातहतका चारपाङ्ग्रे गाडी १४ वटा जलेर पूर्ण रुपमा नष्ट भएका र छ गाडीमा तोडफोड गरिएको सहसचिव पुरीले बताए। उनले भने, ‘मन्त्रालयमा केही पनि धेरै क्षति भएको छैन, गाडीहरू जलेका र क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ, हामीले नियमित काम सुरु गरेका छौँ ।’

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर

दशैँ तिहार लक्षित सुपथ पसल सुरु

सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो । भाद्र २३, २४ गते भएको जेन(जी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो ।

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् ।

चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् । चिउरा, आटा, पिठो, धनियाँ, मसलाहरुमा प्रतिकेजी ७ र तेल पनि ७ रुपैयाँ सम्म छुट दिएको छ ।

सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।

कञ्चनपुर कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता

मेची भन्सारको सेवा सुचारु

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार वार्ता पुनः सुरु भएपछि टिकटकको विवादलाई सुल्झाउन चीनसँग सम्झौताको ‘धेरै नजिक’ रहेको बताएका छन् ।  

बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार म्याड्रिडमा पछिल्लो चरणको छलफलको उद्‍घाटन गरेका छन् । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको सम्बन्ध तनावपूर्ण बनेका समय यसले व्यापार र प्रविधिमा मतभेदहरू कम गर्न खोजेको छ ।

टिकटकको लागि अमेरिकी खरीदकर्ता खोज्ने वा प्रतिबन्धको सामना गर्ने अन्तिम मिति बुधबारसम्म जारी रहने अपेक्षा गरिएको वार्ताले प्रतिशोधात्मक करका सम्बन्धमा पनि नयाँ निकास निकाल्ने अपेक्षा गरिएको छ  । 

‘टिकटक सम्झौताका बाबजुद हामी यो मुद्दाको समाधानको नजिक छौं, ‘स्पेनको विदेश मन्त्रालयमा दोस्रो दिनको वार्ताका लागि आइपुगेका बेसेन्टले पत्रकारहरूलाई भने ।

टिकटकको भविष्य ‘चीनमा निर्भर’ रहने ट्रम्पको धारणा

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी























प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ५७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा