एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने « Khabarhub

एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । यससँगै एनआईसीमा न्यौपानेले ७ वर्ष लामो सीईओको जिम्मेवारीलाई पूर्णविराम दिएका हुन् ।

न्यौपानेले बुधबार सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

उनी २०७९ कात्तिक १६ गते दोस्रो पटक ४ वर्षका लागि एनआईसीको सीईओमा नियुक्त भएका थिए ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा प्रवेश गरेका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरूमा व्यावसायिक उचाइ हासिल गरेपछि न्यौपाने १६ मंसिर २०७५ गते पहिलो पटक सीईओमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १ : २४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व