युनिटी कप ट्वान्टी–२० खेल्न युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ « Khabarhub

युनिटी कप ट्वान्टी–२० खेल्न युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

बिहीबार टियु मैदान कीर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेका हुन् । 

नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ । 

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृङ्खला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । 

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताउनुभयो ।

उनले विश्वकप छनोटका लागि पनि त्यसअघिको खेलमा विशेष ध्यान दिएको उल्लेख गरे ।

बिदाइ कार्यक्रम अघि टियु मैदान कीर्तिपुरमा जेन-जी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए । आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको थियो । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ३९ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट