‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ « Khabarhub

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ ट्रेन्ड र इन्स्टाग्राममा सुरु भएको ‘अनफलो अभियान’बारे प्रतिक्रिया दिएकी छन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूलाई लगाइएको आरोप अस्वीकार गरेकी छन् ।, मिस नेपाल बन्नुअघि विलासी जीवन नभएको उनको दाबी छ । “म सधैं साधारण जीवन बाँचिरहेकी थिएँ, मिस नेपालपछि मात्रै संसार घुम्ने अवसर पाएँ,” उनले भनिन्।

श्रृंखलाले आफ्ना अध्ययन र जीवनशैलीबारे सबै तथ्य भिडिमै खुला रहेको बताउँदै, हावर्डको पढाइ आफ्नै आम्दानीबाट पूरा गरेको उल्लेख गरिन्। उनका अनुसार, हार्वर्डमा उनले करिब ९६ लाख रुपैयाँ नेपालमै कमाएको पैसाबाट भुक्तानी गरेकी थिइन्।

ब्रान्ड इन्डोर्समेन्टबाट राम्रो आम्दानी हुने बताउँदै उनले “एक पोस्टमै साढे ३ लाखसम्म कमाउँछु” भनेर खुलासा गरिन्। भ्रष्टाचारको पैसाबाट सुविधा लिएको आरोप अस्वीकार गर्दै उनले आफ्ना सम्झौता र आय स्रोतसम्बन्धी कागजात सार्वजनिक पनि गरेकी छन्।

भिडियोमा भावुक सुनिएकी श्रृंखलाले आफूलाई जेनजी आन्दोलनले ‘कोलाट्रल ड्यामेज’ बनाएको उल्लेख गर्दै भनिन्, “आन्दोलनलाई म समर्थन गर्थेँ, तर खलपात्रको भूमिकामा भए पनि केही योगदान दिन सके भने ठीकै हो।”

आफूलाई ‘भ्रष्ट नेताकी छोरी’ भनेर हल्ला फैलाइएकामा आपत्ति जनाउँदै उनले भनिन्, “भविष्यमा मेरा छोराछोरीले आमा भ्रष्टाचारी थिइन् भन्ने सुन्नु नपरोस् भन्ने चाहन्छु।”

श्रृंखलाले अनफलो अभियानबीच पनि आफूलाई साथ दिनेहरूलाई धन्यवाद दिँदै, आफ्नो जीवनलाई अरूले होइन आफैंले परिभाषित गर्ने संकल्प व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ९ : ०९ बजे

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला