जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो « Khabarhub

जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

शुक्रबार यातायात ब्यबस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै घिसिङले देश–विदेशमा रहेका नेपाली मिलेर जेन-जी आन्दोलन क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउँदै देश निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए ।

उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफै बनाउँछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध गरे ।

आन्दोलनका क्रममा करिब दुई खर्ब भन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको उनले जानकारी दिए । मन्त्री घिसिङले नेपालीहरूको श्रमदान र आर्थिक सहयोगमा पुन:र्निमाण गर्न कोष खडा गरिएको पनि बताएका छन् ।

पुनर्निर्माणमा विदेशमा रहेका नेपालीहरुको धेरै सहयोग आवश्यक रहेको उनले बताएका छन् ।

मन्त्री घिसिङले विदेशमा रहेका नेपालीको मताधिकार, नागरिकता तथा भिसाको समस्यालाई वर्तमान सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले छिटै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री सुशीला कार्कीले आन्तरिक छलफल गरिरहको जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : १० बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका