साप्ताहिक अर्थसंक्षेप : जेन-जी आन्दोलन २ खर्ब धेरैको क्षति, बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा, अर्थमन्त्रीले रोक्लान् बिचौलिया ?, कुलमानको तलब सहिदको कोषलाई र नेप्सेमा पहिरो | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : जेन-जी आन्दोलन २ खर्ब धेरैको क्षति, बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा, अर्थमन्त्रीले रोक्लान् बिचौलिया ?, कुलमानको तलब सहिदको कोषलाई र नेप्सेमा पहिरो


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो

ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

शुक्रबार यातायात ब्यबस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै घिसिङले देश–विदेशमा रहेका नेपाली मिलेर जेन-जी आन्दोलन क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउँदै देश निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए ।

उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफै बनाउँछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध गरे ।

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

दशैँको मुखैमा घट्यो अलैँचीको बजार मूल्य

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा अन्तरआबद्धता सेवा शुभारम्भ गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सो प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पुर्‍याउनेछ ।

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने

सेबोनले सेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए : इप्पान

फागुन २१ गतेका लागि घोषित निर्वाचनमा कति लाग्ला खर्च ?

जेन-जी पुस्ताको आन्दोलनको बलमा नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनिसकेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरी नै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन नै गर्ने गरी म्यान्डेट लिएर बनेको सरकारसँग अब साढे पाँच महिना मात्रै बाँकी छ । त्यस अवधिभित्र आवश्यक स्रोत साधन बन्दोबस्त गरेर निर्वाचन आयोगले निर्वाचन गर्नुपर्ने हुन्छ ।

भदौ २३ र २४ गतेको आन्दोलनको कारणले देशैभरका हजारौँ सरकारी संरचनामा क्षति पुगेको छ । कतिपय ध्वस्त भएका छन् । सरकार निरन्तरतामा काम गर्न सक्ने अवस्थामा देखिँदैन ।

सेबोनले सेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए : इप्पान

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालु बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब १० अर्ब रुपैयाँ भेटिएको जानकारी दिए।

त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ निकाल्न सकिने उनले जानकारी दिएका छन्। काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उनले बताए।

‘विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदै छ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो’, उनले भने। अर्थमन्त्रीका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनर्निर्माणमा लगाउने तयारी छ।

शेयर बजारमा पहिरो, दुई पटक लाग्यो नेगेभिट सर्किट

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैन : अर्थमन्त्री

बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट

तीन दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष ०८२/८३ का लागि यस अघिको सरकारले अगाडि सारेका कयौँ टुक्रे आयोजना कटौती गर्ने जनाएको छ ।

सोमबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै रामेश्वर खनालले स्रोत व्यवस्थापनको लागि आयोजना कटौती गर्ने बताइसकेका छन् । उनले नेताको दबाबमा अगाडि सारिएका, कार्यान्वयनको लागि अनुपयुक्त हुने र टुक्रे प्रकृतिका आयोजना काटेर एक खर्ब रुपैयाँ जतिको स्रोत व्यवस्थापन हुनसक्ने बताएका थिए ।

मन्त्री खनालको भनाइअनुसार; चालु आवमा प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्र मिचेर विशेषगरी सहरी, भौतिक पूर्वाधार र ऊर्जा तथा जलस्रोत मन्त्रालयले अगाडि सारेका हजारौँ आयोजना कटौती हुन सक्छ ।

शहरी विकासका काटिनसक्ने आयोजना

चालु आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । छ हजार ७५५ वटा आयोजना तथा कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले एक हजारदेखि १० लाख रुपैयाँभन्दा कम लागत भएका ७६० वटा भन्दा धेरै आयोजनामा बजेटको कनिकाछराइ गरेको छ । त्यस्तै, मन्त्रालयले अगाडि सारेका अधिकांश आयोजना एक करोड रुपैयाँभन्दा कम लागतका छन् ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

दसैँसम्म मितेरी पुल निर्माण हुने

अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान्‌ ?

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर खनालप्रति पुँजीबजारले प्रतिक्रिया देखाउन अझै दुई दिन बाँकी छ । जेन–जी आन्दोलनपछि यतिखेर शेयरबजार बन्द छ ।

खनालले अर्थ मन्त्रालय सम्हालेसँगै आम मानिस अर्थतन्त्र सुधार हुने अपेक्षामा छन् । नेपालको आर्थिक अवस्थाबारे भलिभाँती जानकार, अर्थ मन्त्रालयमा समेत काम गरेको अनुभवका आधारमा पनि खनालप्रति आम मानिसहरूले आशा व्यक्त गरेका हुन् ।

अघिल्लो सरकारलाई विज्ञको रूपमा देशको आर्थिक सुधार गर्ने सुझाव दिएका खनाल अहिले आफैँ त्यो सुझाव कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छन् । खनालले अर्थतन्त्रसँगै शेयरबजारका समस्याबारे पनि नजिकबाट बुझेका छन् ।

अर्थमन्त्रीको रूपमा खनाल आएसँगै शेयर लगानीकर्ताले पनि उनीसँग केही अपेक्षा गरेको देखिएको छ । उता, पुँजीबजारमा बिचौलियाको रूपमा काम गरिरहेकाहरू भने त्रसित देखिन्छन् ।

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने

सानिमा मिडिल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा असोज २९ गते 

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।

आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

दूग्ध उत्पादक किसानलाई अनुदान

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन क्रममा देशकै ठूला पार्टीहरू नेपाली काँग्रेस र नेकपा (एमाले) गठजोडमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।

ओली नेतृत्वको सरकारले प्रदर्शनको पहिलो दिन सोमबार गरेको बर्बर दमनका कारण मङ्गलबार देशको सम्पूर्ण सुरक्षा संयन्त्रले नै थेग्न नसक्नेगरी अराजक प्रदर्शन भयो । छानिछानी नेताका घर जलाउन थालेपछि मौजुदा प्रमुख दलका नेताहरू भागेर सेनाको शरणमा पुगे । ती मध्ये अधिकांश नेता अहिलेसम्म पनि विभिन्न सैनिक अखडामा आश्रयमै छन् ।

सरकार ढलेको, मौजुदा दल दुला पसेको र सडकराज हाबी भइरहेका बेला देशमा राजनीतिक शून्यता चिर्न राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई गत शुक्रबार बेलुकी प्रधानमन्त्री नियुक्त गरे ।

प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन अर्थात् सोमबार कार्कीलाई सघाउन मन्त्रीमण्डलमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङ विभागीय मन्त्री नियुक्त भए । घिसिङले यतिखेर ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु 

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहणका क्रममा सबै कर्मचारी सच्चिनुपर्ने बताएका छन् ।

उनले सरकारको स्रोत र करदाताको पैसाको सदुपयोग भएको नभएको विषयमा ध्यान दिनुपर्ने पनि बताएका छन् ।

‘मैले काम गर्दा नेपाल सरकारको स्रोतको सदुपयोग हुँदैन कि, करदाताको पैसाको सदुपयोग हुन सक्दैन कि सार्वजनिक सम्पत्तिको सदुपयोग हुन सक्दैन कि, नेपाल सरकारले सार्वजनिक प्रयोगको निम्ति भनेर खरिद गरेको मैले व्यक्तिगत वा अन्य प्रयोगमा गरेको छु कि भनेर यी सबै कुरालाई ध्यान दिएर हामी सँच्चिनै पर्छ’, उनले भने ।

स्कुलमा दुई पटक फड्को मारेका रामेश्वर खनाल : अर्थतन्त्र सम्हाल्दै पुन:निर्माणलाई गति दिनुपर्ने चुनौती

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।

भाद्र २३, २४ गते भएको जेन-जी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो ।

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् ।

चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् ।

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने

नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।

उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् ।

कुलमान प्राधिकरणको कार्यकारी निर्देशक रहँदा सरकारले बक्यौता रकम उठाउन दिएको थिएन । आज आएर उनले पहिलो निर्णय नै बक्यौता उठाउने गरेका छन् ।

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ०२ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा