सुदन गुरूङ नेतृत्वको हामी नेपाल भन्छ- महेश बस्नेतले झूटो बोल्दैछन् « Khabarhub

सुदन गुरूङ नेतृत्वको हामी नेपाल भन्छ- महेश बस्नेतले झूटो बोल्दैछन्


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ नेतृत्वको हामी नेपाल संस्थाले नेकपा एमालेका नेता महेश बस्नेतलाई झुठो बोल्ने व्यक्तिको संज्ञा दिएको छ।

बस्नेतले शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित संविधान दिवस मनाउने कार्यक्रममा हामी नेपालका संयोजक सुदन गुरूङ पार्टीमा आउने गरि कुरा भइरहेको बताएका थिए ।

बस्नेतको उक्त दाबीपछि हामी नेपालले फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै सुदनले बस्नेतसँग कहिल्यै कुरा नगरेको भनेको छ।

यससँगै भविष्यमा कहिल्यै पनि बस्नेतसँग कुरा नहुने दाबी गरिएको छ। हामी नेपालले बस्नेतलाई नचिनेको र सम्मान पनि नगर्ने जनाएको छ।

महेशलाई अफवाह फैल्याउन बन्द गर्न पनि हामी नेपालले चेतावनी दिएको छ । बस्नेतको पछिल्लो गतिविधिले जेन–जी आन्दोलनमा त्याग र बलिदानी गरेकाको अपमान भएको उसले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ३५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने