हर्क नेतृत्वको धरानले तीन महिनापछि ल्यायो २ अर्ब २० करोड ७४ लाखको बजेट « Khabarhub

हर्क नेतृत्वको धरानले तीन महिनापछि ल्यायो २ अर्ब २० करोड ७४ लाखको बजेट


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

सुनसरी- भाइरल भइरहने मेयर हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकाले तीन महिनापछि चालु आर्थिक वर्ष २०८२–०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट ल्याएको छ।

शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।

उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमानसहितको बजेट ल्याएको छ ।

विनियोजित विवरणमा सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा धेरै ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदका लागि ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ७ करोड, सामाजिक विकासका लागि ४ करोड ८६ लाख, वन, वातावरण, ऊर्जा र विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख, आर्थिक विकासलाई १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख छुट्याइएको छ ।

धरानका २० वटै वडाका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर कार्यपालिकातर्फ निसर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, सर्तसहितको अनुदान ६० करोड ५६ लाख, समपूरक बजेट १ करोड ८२ लाख र विशेष अनुदान ५ करोड ४३ लाख विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा धरान उपमहानगरपालिकाले १ अर्ब ९१ करोड २७ लाख १८ हजार रुपैयाँ आय आर्जन गरेको थियो । असार मसान्तसम्ममा १ अर्ब ५२ करोड ३२ लाख खर्च गरेको विवरण छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ४९ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच