चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले « Khabarhub

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त विष्फोटमा छ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनले जनाइएको छ ।  

सीमावर्ती सहरको ट्याक्सी स्टेसनमा शक्तिशाली विस्फोट भए पछि बिहीबार फिर्ता प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन् । 

ठूलो सङ्ख्यामा अफगानहरू घर फर्कन पाकिस्तान–अफगान सीमामा भेला भएको अवस्थामा विस्फोट भए पछि स्वदेश फिर्ता स्थगित गरि उनीहरूको सुरक्षाका लागि उक्त स्थानबाट स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् । 
 
सहायक आयुक्त चमन इम्तियाज बलूचले विस्फोटको पुष्टि गर्नु भएको छ भने प्रहरीले प्रारम्भिक अनुसन्धानले घटना स्थलका पसलहरू बाहिर विस्फोटक पदार्थहरू राखिएको जनाएको छ ।   

सुरक्षा चिन्ता र कडा सीमा व्यवस्थापनको आवश्यकतालाई उद्धृत गर्दै पाकिस्तानले गत वर्ष कागजात विहीन अफगान नागरिकहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेको थियो । सरकारी तथ्यांक अनुसार कानुनी कागजात बिना १० लाख भन्दा बढी अफगानीहरू पाकिस्तानमा बसिरहेका छन् । 

यो नीति लागू भएदेखि दशौँ हजारलाई चमन र तोरखाम सीमाबाट स्वदेश फिर्ता गरिएको डनले जनाएको छ । अधिकारीहरूले अभियानको उद्देश्य वैध भिसा र शरणार्थी कार्ड भएका व्यक्तिहरूको मात्र पाकिस्तान बसाइ सुनिश्चित गरी गैर कानुनी रुपमा बस्दै आएकाहरुलाई फिर्ता गर्नु रहेको जनाएका छन् ।  

यद्यपि, मानव अधिकारवादीहरूले नीतिलाई अप्रत्याशित तथा कठोर भन्दै आर्थिक कठिनाइ र आधारभूत सेवाको अभावका कारण अफगानिस्तानहरुले अनिश्चित भविष्यको सामना गर्नु परेको चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ४७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व