गाजा ध्वस्त बनाउने इजरायली अभियानबीच हमासले सार्वजनिक गर्यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्वीर’ « Khabarhub

गाजा ध्वस्त बनाउने इजरायली अभियानबीच हमासले सार्वजनिक गर्यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्वीर’


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ जना बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ। जसमा नेपालका विपिन जोशीको तस्वीर पनि राखिएको छ । ती तस्बिरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ।

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ।सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो। यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ।

इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन्।

शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनस् तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन्।

यसअघि हामासले दुई जना इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको थियो। त्यसको करिब एक महिना अघि दुईजना कुपोषित बन्दीहरूको अर्को भिडियो प्रसारण गरिएको थियो, जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य बनाइएको देखाइएको थियो।

यी भिडियो र तस्वीरहरूले बन्दीका परिवारहरू, इजरायली अधिकारी तथा अमेरिकी र अन्य सहयोगी राष्ट्रहरूमा आक्रोश उत्पन्न गराएका छन्।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध सुरु भएपछि कम्तीमा ६५,२०८ जना मारिएका छन् । जसमा १ लाख ६६,२७१ जना घाइते भएका छन्। मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन्।

गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौँ मानिस मारिएका छन्, घरहरू ध्वस्त पारिएका छन्, हजारौँ मानिस भाग्न बाध्य भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ७ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने