जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य « Khabarhub

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य शनिबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगिन्। जेन–जी आन्दोलनको क्रममा १२ दिनअघि आगलागी हुँदा खण्डहर बनेको घर उनले पहिलोपटक निरीक्षण गरेकी हुन्।

घर अवलोकन गर्ने क्रममा राधिका निकै भावुक बनेकी थिइन्। उनले घर जल्दा मात्रै नभई एउटा ऐतिहासिक धरोहर नै नष्ट भएकाे गुनासो गरिन् ।

भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंसात्मक मोडमा गएपछि अर्को दिन २४ गते देशभर नेताका निवास, सरकारी कार्यालय र निजी प्रतिष्ठानहरूमा तोडफोड तथा आगजनी भएका थिए। सोही क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित निवाससमेत जलेको थियो।

अहिले ओली दम्पत्ति अहिले भक्तपुरको गुण्डुस्थित घरमा बस्दै आएका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : ५२ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको