आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने « Khabarhub

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ । रासस

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : ०३ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान