नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने « Khabarhub

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो ।

आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुने यो प्रतियोगिताको टोली क्यानले घोषणा गरिसकेको छ ।

प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम थियो। तर, जेन-जी आन्दोलनका नाममा नेपालमा व्यापक विध्वंशपछि यूएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

त्यसको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पनि परेको थियो । अन्योलबीच आइतबार भिसा प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले वक्तव्यमार्फत् जानकारी दिएका छन् । अब नेपाली टोली वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि सोमबार यूएईतर्फ जाने छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : ११ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट