मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नू : महावीर पुन « Khabarhub

मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नू : महावीर पुन


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।

उनले आफ्नो पहिलो घोषणा भन्दै आफूलाई कसैले बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन समेत भनेका छन् । उनले शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा गर्न सकिने र गर्नपर्ने ठोस काम र ‘आइडिया’ भए ५ महिनाभित्र पठाउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’ 

मन्त्रीका लागि सिफारिस भएका पुनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै