दसैँ सुरु भएसँगै देशभरका शक्तिपिठमा भक्तजनको घुइँचो « Khabarhub

दसैँ सुरु भएसँगै देशभरका शक्तिपिठमा भक्तजनको घुइँचो


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँ सुरु भएसँगै देशभरका शक्तिपिठमा भक्तजनको घुइँचो लागेको छ ।

बडादशै आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । 

बिहानैदेखि भक्तपुरको ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ । 

नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । 

नवमीको दिन राति भक्तपुरमा महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये राँगोलाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।

यस्तै बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भीड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेकै कारण हरेक वर्ष स्वयंसेवकहरू नै परिचालन गरिँदै आएको छ । 

जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरू माटो लिन पुग्ने गरेको स्थानीयहरूको भनाई छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : २६ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज