नारायणगढ–मुग्लिन सडक : सोमबार १ देखि ३ बजेसम्म बन्द गरिने « Khabarhub

नारायणगढ–मुग्लिन सडक : सोमबार १ देखि ३ बजेसम्म बन्द गरिने


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ः०० देखि ३ः०० बजेसम्म बन्द गरिने भएको छ । यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ । इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो ।

आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो ।

पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : ३० बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज