किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ? « Khabarhub

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को आगामी सिक्वलमा देखिने छैनन्। तेलगु ब्लकबस्टर फिल्मको पहिलो भागमा महत्वपूर्ण भूमिका निभाएकी दीपिकाको अनुपस्थितिले फ्यानहरूमा निरासा छाएको छ।

निर्देशक नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८ एडी’ लाई निर्माण गर्ने व्यजयंती मुभिजले सामाजिक सञ्जाल प्लेटफर्ममा आधिकारिक पोस्ट गर्दै घोषणा गरेका छन् ‘दीपिका पादुकोण सिक्वलको हिस्सा हुने छैनन्।’ 

‘लामो विचार-विमर्शपछि हामी अलग हुने निर्णयमा पुगेका छौं। पहिलो फिल्मको लामो यात्रापछि पनि हामीसँग सहकार्य सम्भव भएन। कल्कि २८९८ एडी जस्तो फिल्म कमिटमेन्ट र अझ बढीको हकदार छ। हामी दीपिकालाई भविष्यका कामका लागि शुभकामना दिन्छौं’ पोष्टमा लेखिएको छ । 

दीपिकाले पहिलो फिल्ममा सुमति पात्र निभाएकी थिइन्, जो कल्कि पात्रकी आमा हुन्। फिल्ममा उनी गर्भवती महिलाको रूपमा देखिएकी थिइन्, जसको जीवनको रक्षा सुप्रीम यास्किन (कमल हासन) ले गरेको थियो। फिल्मको क्लाइमैक्सको समयमा दीपिका वास्तविक जीवनमा पनि गर्भवती थिइन्। उनले ८ सेप्टेम्बर २०२४ मा आफ्ना पति रणवीर सिंहसँगको छोरी ‘दुआ’लाई जन्म दिइन्।

पहिलो फिल्ममा दीपिकासँग प्रभास र अमिताभ बच्चनले पनि अभिनय गरेका थिए। प्रभासले डबल रोल निभाएका थिए – बाउंटी हंटर र महाभारतका कर्ण।  फिल्म दुई भागमा निर्माण हुने तय भएको थियो, तर अब सिक्वलमा दीपिकाको अनुपस्थितिले कथामा परिवर्तनको सम्भावना देखिएको छ।

दीपिका बाहिरिनुको कारण औपचारिक रूपमा खुलाइएको छैन।  

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ०८ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन