तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते « Khabarhub

तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् । 

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडौँबाट बारातर्फ आउँदै गरेको ना७ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइते सबैको उद्धार गरी उपचारको लागि हेटौँडास्थित हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पताल हेटौँडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ४ : ४० बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने