दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम « Khabarhub

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्।

यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना सुनाएकी छन्।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा वरीयताको दोस्रो नम्बरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल कायमै छन् ।

दोस्रो वरीयतामा ऊर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।

चौथो वरीयतामा उद्योगमन्त्रीमा नियुक्त सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा आएका छन् ।

उता पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुनलाई राखिएको छ । छैटौँ वरीयतामा कृषिमन्त्री डा. मदनकुमार परियार र सातौँ वरीयतामा सञ्चारमन्त्री जगदीश खरेललाई राखिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : ०७ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय