दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम « Khabarhub

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्।

यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना सुनाएकी छन्।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा वरीयताको दोस्रो नम्बरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल कायमै छन् ।

दोस्रो वरीयतामा ऊर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।

चौथो वरीयतामा उद्योगमन्त्रीमा नियुक्त सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा आएका छन् ।

उता पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुनलाई राखिएको छ । छैटौँ वरीयतामा कृषिमन्त्री डा. मदनकुमार परियार र सातौँ वरीयतामा सञ्चारमन्त्री जगदीश खरेललाई राखिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : ०७ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन