नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हाद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हाद्वारा पदभार ग्रहण


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासमा सपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् । त्यस्तै उनले सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरू मात्रै प्रयोग प्राथमिकता दिने निर्णयका साथै अनलाइन सेवा विस्तारसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

सो क्रममा मन्त्री सिन्हाले निकै भावुक हुँदै जेन-जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिए । उनले शहीदको आहुति खेर जान नदिने प्रतिवद्धता जनाउदै देश र जनताका लागि गम्भीर भएर काम गर्ने प्रतिवद्धता जनाए । मन्त्री सिन्हाले वैदेशिक रोजगारीमा गएर फर्केका सीपलाई स्वदेशमा नै उपयोग गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान दिने बताए ।

मन्त्री सिन्हाले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानून मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : १९ बजे

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित