मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- यहाँको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

बिहान करिब ९ बजे आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी सोही नगरपालिका–५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि खरखरे आम्दा अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय  निराजन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : ४५ बजे

वर्षमानद्वारा रोल्पा विपत्तीबारे सरकारको ध्यानाकर्षण, सरकारसँग राखे ५ माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’

कोशीमा चार मन्त्री नियुक्त, प्रचण्डका ज्वाईँलाई भौतिक पूर्वाधार

काठमाडौं- हिक्मत कार्कीको नेतृत्व रहेको कोशी प्रदेशमा चार मन्त्री नियुक्त

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं- अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल