कारागारबाट भागेका दुई विदेशी पक्राउ « Khabarhub

कारागारबाट भागेका दुई विदेशी पक्राउ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बालयौन दुराचार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबरजस्ती करणी मुद्दामा काठमाडौमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले माइकल जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारमा र जेसन जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको जानकारी दिए ।

 ‘जेन-जी’ प्रदर्शनका क्रममा भागेका दुवै जनालाई ब्यूरोको टोलीले आज काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको उनले बताए। 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : ५५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु