चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण « Khabarhub

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिका र एक जना राप्ती नगरपालिकाका छन् ।

सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो ।

‘भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो’, प्रमुख रुपाखेतीले भने ।

जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको सङ्क्रमण नदेखिएको उनले बताए । औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने गर्दछ । (रासस)

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : ०५ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि