पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा | Khabarhub Khabarhub

पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा दसैँलाई लक्षित गरेर सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको हुँदा भन्सारले सोमबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । एक हप्ताअघि भन्सारले नेपालमा भएको विषम परिस्थितिका कारण यात्रु शाखा सञ्चालन गर्न नसकिएको सूचना जारी गरेको थियो । यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । चाडपर्व नजिकिएका कारण भन्सारले आयातनिर्यातमा सजिलो बनाउने सेवा सुरु गरेको जनाएको छ ।

लुटिएकामध्ये ७५ थान हतियार फिर्ता
जेनजी प्रदर्शनका क्रममा जिल्लाको दुईवटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड) बाट ९९ थान हतियार लुटिएका थिए । अब २४ थान हतियार फिर्ता हुन बाँकी छ ।

विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । (रासस)

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : २५ बजे

एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

वीरगञ्ज– पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा

बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज

काठमाडौं- जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा देशको सबैभन्दा ठूलो दल नेपाली

‘रङ्गीन सपनाले सजिएको वाटरपार्क’

जानकी– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा अवस्थित वाटरपार्क दसैँ नजिकिँदै गर्दा

अत्यावश्यक सेवा रोकिँदैन : मुख्यमन्त्री आचार्य

राँझा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक