सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द « Khabarhub

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मंगलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ ।

यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख उत्पादन क्षेत्रका हजारौँ कारखानामा क्रियाकलाप रोकिँदै गएको छ । गुआङ्गडोङ प्रान्तको आपत्कालीन व्यवस्थापन ब्युरोले रागासाले २४ घण्टाभित्र प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ ।

‘प्रमुख क्षेत्रहरूले निर्णायक उपाय अपनाउनुपर्छ, मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ र क्षति कम गर्न सक्दो प्रयास गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

रागासा नजिकिँदै गर्दा गुआङ्गडोङले आँधीका लागि उच्चतम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । हङकङ मौसम सेवाअनुसार यसले दुई सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा बोकेको छ ।

सेन्जेनले चार लाख मानिसलाई खाली गर्न आदेश दिएको छ । अधिकारीहरूले ‘तीव्र हावा, वर्षा, छाल र बाढी’ को चेतावनी दिँदै आकस्मिक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । बजार र काम दिउँसोदेखि बन्द हुने जनाइएको छ ।

झुहाई, डोङ्गगुआन र फोसानलगायत अन्य प्रमुख सहरमा पनि निलम्बन आदेश जारी गरिएको छ । फोसानको आपतकालीन मुख्यालयले ‘तीव्र हावा र भारी वर्षाले सहरलाई गम्भीर असर पार्नेछ’ भन्दै चेतावनी दिएको छ । रागासा हाल दक्षिण चीन सागर हुँदै अघि बढिरहेको छ । यसअघि फिलिपिन्समा यसले प्रभाव पारेको थियो । त्यहाँ एक व्यक्तिको मृत्यु भएको थियो ।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले जलमार्गको उत्तरी भाग, ताइवान स्ट्रेटको दक्षिणी भाग, बाशी च्यानल र गुआङ्गडोङ नजिकै सञ्चालन हुने जहाजहरूलाई सुरक्षा सचेतना अपनाउन आग्रह गरेको छ ।

वैज्ञानिकहरू मानवसिर्जित जलवायु परिवर्तनले आँधीबेहरीलाई अझ शक्तिशाली र बारम्बार बनाउँदै गएकोमा एकमत छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : ४७ बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई