ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार | Khabarhub Khabarhub

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ । मदुरोले दुई कट्टर शत्रुबीच तनाव कम गर्न संवाद प्रस्ताव गरेका थिए ।

भेनेजुएलाका दुई प्रमुख विपक्षी नेताहरूले अमेरिकाको नौसैनिक तैनाथीलाई समर्थन गर्दै यसलाई लोकतन्त्र पुनःस्थापनाका लागि महत्त्वपूर्ण भनेका छन् । 

ट्रम्पले दक्षिणी क्यारिबियनमा लागूऔषध विरोधी कारबाहीका लागि आठ युद्धपोत र एउटा पनडुब्बी पठाएका छन् । भेनेजुएलाले यसलाई सम्भावित आक्रमणको संकेतका रूपमा लिएको छ ।

अमेरिकी सेनाले हालै तीनवटा सन्दिग्ध लागूऔषध डुङ्गा नष्ट गरेको छ, जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । 

भेनेजुएला सरकारले आइतबार मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा मदुरोले लागुऔषध कार्टेलसँग संलग्न भएको अमेरिकी आरोपलाई ‘पूर्णतया झुटो’ भन्दै अस्वीकार गरेका थिए र ट्रम्पलाई ‘शान्ति कायम राख्न’ आग्रह गरेका थिए ।

तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रमा ‘धेरै झुटहरू’ भएको बताए। उनले अमेरिकाको नीति परिवर्तन नभएको र मदुरो शासनलाई अझै ‘अवैध’ मानिएको स्पष्ट पारे।

यो तैनाथी क्यारिबियन क्षेत्रमा वर्षौंयताकै सबैभन्दा ठूलो हो । मदुरोले ट्रम्पलाई शासन परिवर्तन प्रयासको दोषारोप गर्दै यो पहिलो पत्र भए पनि थप पठाउने बताए। उनले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा ‘भेनेजुएलाको सत्यको रक्षा’ गर्ने संकल्प व्यक्त गरे ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकामाथि ‘अघोषित युद्ध’ चलाएको आरोप लगाउँदै लागुऔषध डुङ्गामा सवारहरूलाई ‘रक्षाको अधिकार बिना मृत्युदण्ड दिइएको’ दाबी गरे। नगद संकटमा परेको भेनेजुएलामा हजारौँ नागरिक मिलिसियामा सामेल भइरहेका छन् ।

केही भेनेजुएलालीहरूले भने अमेरिकी कदमको स्वागत गर्दै मदुरोको पतन छिटो हुने अपेक्षा राखेका छन् । निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले सैन्य तैनाथीलाई ‘आपराधिक संरचना ध्वस्त पार्न आवश्यक’ भने ।

विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि यसलाई समर्थन गर्दै भेनेजुएलाका गिरोहहरू अमेरिकाको ‘सुरक्षा र स्थिरतामा बढ्दो खतरा’ भएको बताए।

तर अर्का विपक्षी व्यक्तित्व हेनरिक क्याप्रिल्सले अमेरिकी हस्तक्षेपको विरोध गर्दै ‘समाधान सैन्य होइन, राजनीतिक हो’ भने। उनका अनुसार ट्रम्पका कदमहरूले उल्टै सत्तामा रहेकाहरूलाई बल पुर्‍याउने छन् ।

गत वर्ष मदुरोको विवादास्पद पुनःनिर्वाचनपछि हिंसात्मक प्रदर्शनमा दुई दर्जनभन्दा बढी मारिएका र सयौँ पक्राउ परेका थिए । 

विपक्षीहरूले नतिजाले मचाडोलाई प्रतिबन्ध लगाइएपछि उम्मेदवार बनेका गोन्जालेज उरुटियाले वास्तविक रूपमा जितेको दाबी गरेका छन् । गिरफ्तारीको डरले उनी स्पेनतर्फ भागे भने मचाडो अझै भेनेजुएलामै लुकेर बसेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : ११ बजे

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर– चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण (तस्बिरहरू)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मलेखु– अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव