अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त  « Khabarhub

अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त 


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अङ्ग प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठ मंंगलबारदेखि सर्जरी सेवाबाट सेवा निवृत्त भएका छन् । 

२०७८ साल असोज ७ गते केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका श्रेष्ठले नेपालमा अंग प्रत्यारोपण क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । 

१३ वर्ष पहिले भक्तपुरमा केन्द्र स्थापना भएको केन्द्रलाई शून्य देखि शिखरसम्म पुर्‍याएर झन्डै १६ सय जनामा मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण गर्न सफल भएका केन्द्रले जनाएको छ । 

अंग प्रत्यारोपण क्षेत्रमा लामो अनुभव र उत्कृष्ट सफलता हासिल गरेका डा.श्रेष्ठ नेपालमा कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका अंगदाताबाट अंग प्रत्यारोपण प्रक्रिया सुरु गर्ने पहिलो शल्य चिकित्सक पनि हुन् । 

उनले नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएको अंगदाताबाट एकै व्यक्तिमा कलेजो र मिर्गौला दुवै प्रत्यारोपण गरी महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब